हेडलाईनसमाचारप्रदेश

धादिङमा कैदीबन्दीको विद्रोहपछि सेनाको गोली प्रहार : दुईको मृत्यु

प्रहार समाचार । धादिङ, २६ भदौ २०८२ बुधवार । धादिङको कारागारमा आज दिउँसो सुरक्षाघेरा तोडेर भाग्न खोजेका कैदीबन्दीमाथि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।

मृतकमध्ये ७५ वर्षीय बेनीघाटका जीतबहादुर घले जबर्जस्ती करणी अभियोगमा र ३६ वर्षीय सुनवल, नवलपरासीका इन्द्रबहादुर डाला लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, कैदीहरू दिउँसो १ बजेर १८ मिनेटतिर कारागार तोडफोड गर्दै भाग्न प्रयास गरेका थिए ।

सात कैदी घाइते, सुरक्षाकर्मीमाथि आक्रमणपछि गोली प्रहार
कैदीहरूलाई रोक्न सुरक्षाकर्मीहरूले पटक–पटक आग्रह गरे पनि उनीहरूले सेनामाथि आक्रमण गरेपछि बाध्य भई गोली चलाउनु परेको प्रजिअ सुवेदीले बताए। भिड नियन्त्रणको प्रयासमा अन्य सात जना कैदीहरू घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित केन्द्रीय कारागार लगिएको छ र अवस्था हेरेर अस्पतालमा भर्ना गरिने जनाइएको छ ।

छ सुरक्षाकर्मी घाइते, अवस्था सामान्य :
उक्त भिड नियन्त्रणका क्रममा नेपाली सेना तथा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन्। प्रजिअ सुवेदीका अनुसार, हालसम्म ६ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् र उनीहरूको अवस्था खतरामुक्त छ। बिहान ९ बजेदेखि नै भाग्ने प्रयास गरिरहेका कैदीहरू दिउँसो एक्कासी आक्रोशित भई समन्वित रूपमा विद्रोह गरेका थिए। अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button