हेडलाईनसमाचारप्रदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

प्रहार समाचार । काठमाडौं, २५ भदौ २०८२ बुधवार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हालको विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको छ। नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै यो बन्दको जानकारी दिएको हो।

विमानस्थल बन्द हुने मुख्य कारण भनेको उपत्यकामा लागू गरिएको निषेधाज्ञा, कर्फ्यू आदेश, र अन्य विषम परिस्थितिहरु हुन्। विमानस्थल वरपरको हवाई मार्गमा धुँवाको समाना गर्नुपरेको र यसले विमानको सुरक्षामा गम्भीर असर पार्ने सम्भावना रहेको बताइएको छ।

नागरिक उड्डयन कार्यालयले सार्वजनिक अपील गर्दै भनेको छ, “विमानस्थल खुलेको सूचना जारी नगरेसम्म यात्रुहरू विमानस्थल आउन पाउने न्।” यात्रुहरुलाई वायुसेवा कम्पनीसँग सम्पर्क गरी विमानस्थल खुल्ने जानकारी प्राप्त गर्न अनुरोध गरिएको छ। यसअघि विमानस्थल ६ बजेसम्मका लागि बन्द हुने जानकारी प्राप्त भएको थियो, तर अब अनिश्चितकालका लागि बन्द गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button