प्रहार समाचार । काठमाडौं, २५ भदौ २०८२ बुधवार । देशमा जारी राजनीतिक अन्योलता, निरन्तर असफलता र संस्थागत भ्रष्टाचारका विरुद्ध उभिएको जेन्जी पुस्ताको आन्दोलन अब निर्णायक चरणमा प्रवेश गरेको छ। राष्ट्रपति र नेपाली सेनाले अघि सारेको वार्ताको आह्वानलाई स्वागत गर्दै आन्दोलन नेतृत्वले एक पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ, जसमा अन्तरिम सरकार गठनदेखि नयाँ संविधान लेखनसम्मका मागहरू समावेश छन् ।

‘यो आन्दोलन कुनै पार्टी वा व्यक्तिको लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो,’ भनेर स्पष्ट सन्देश दिँदै जेन्जीका प्रतिनिधि रवि किरण हमालले वर्तमान राजनीतिक नेतृत्वप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् ।
मुख्य प्रस्तावहरूमा जेन्जी नेतृत्वमा स्वतन्त्र अन्तरिम सरकार गठन, वर्तमान प्रतिनिधिसभा विघटन, हिंसात्मक गतिविधिको अन्त्य, सेना र प्रहरीलाई नागरिकमुखी बनाउने, र अन्ततः जननिर्वाचित कार्यकारी प्रणालीसहितको नयाँ निर्वाचन समावेश गरिएको छ। संविधानको पुनरावलोकन वा पुनर्लेखनको मागलाई विशेष गरी युवा पुस्ताको सहभागितासँग जोडिएको छ।
साथै, विगत तीन दशकमा भएको सम्पत्ति लुटपाटको छानबिन, संरचनागत सुधार, सहिद घोषणा र राहत वितरण लगायतका तत्काल कार्यहरूको खाका समेत प्रस्तुत गरिएको छ।
राष्ट्रपति र सेनाले यी मागहरूलाई व्यवहारिक रूपमा ग्रहण गर्ने आशामा आन्दोलनले आफू वार्तामा बस्न तयार रहेको स्पष्ट पारेको छ। हेरौ प्रस्तावहरु :




























