हेडलाईनसमाचारप्रदेश

शेखर समूह सरकारबाट बाहिरिने तयारीमा : चार मन्त्रीको सामूहिक राजीनामा

• बिजय अधिकारी ( प्रहार संवाददाता ) काठमाडौं, २४ भदौ २०८२ मङ्गलवार । जनप्रदर्शनमा भएको दमनपछि सरकारको आलोचना चुलिँदै गएको सन्दर्भमा नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सत्ता साझेदारी त्याग्ने संकेत दिएको छ। कोइराला पक्षबाट सरकारमा रहेका चारजना मन्त्रीहरू राजीनामा दिने तयारीमा रहेको जानकारी प्राप्त भएको छ।

कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार, चीन भ्रमणमा रहेका नेता शेखर कोइरालाले फोनमार्फत तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। “म राजीनामा दिने तयारीमा छु,” अधिकारीले भने, “अन्य साथीहरूसँग सल्लाह गरिरहेको छु। कर्फ्युका कारण मन्त्रालय जानसमेत मिलेन।”

शेखर समूहबाट सरकारमा कृषि मन्त्री अधिकारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र अर्को एक जना राज्यमन्त्री रहेका छन्। चारै जनाले सामूहिक राजीनामा दिने सम्भावना देखिएको छ।

हिंजो सोमबार जेन–जी न समूहले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि सरकारविरुद्ध तीव्र जनआक्रोश देखिएको छ। घटनाको जिम्मेवारी लिँदै नसकेको आरोप सरकारमाथि लागिरहेको बेला शेखर समूहले सत्ता त्याग्ने तयारीलाई गम्भीर संकेतका रूपमा हेरिएको छ।

राजीनामा पछि कोइराला समूहको अबको रणनीति के हुने हो भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ। यस कदमले सत्तारूढ गठबन्धनमा दरार आउने सम्भावना पनि विश्लेषकहरूले औंल्याएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button