प्रहार समाचार । काठमाडौं, २४ भदौ २०८२ मङ्गलवार । हिंजो भएको ‘जेन -जी’ आन्दोलन चर्किएपछि सरकारले प्रतिबन्ध लगाएको फेसबुक, मेटा र एक्सजस्ता सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले यी प्लेटफर्महरू खोल्ने निर्णय गरिसकेको जानकारी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।

सरकारको यो कदम आन्दोलनकारीहरूसँग संवाद र सूचना प्रवाहलाई सहज बनाउन खोजिएको अनुमान छ। तर, आन्दोलनका क्रममा १९ जनाको ज्यान गुमेको संवेदनशील स्थितिमा सामाजिक सञ्जाल खोल्नुले नयाँ विवादहरू निम्त्याउने सम्भावना पनि छ।
के यो कदम देशको राजनीतिक स्थिरतामा सकारात्मक प्रभाव पार्नेछ, कि त्यसले थप उथलपुथल निम्त्याउनेछ, समयले मात्र देखाउनेछ।

























