
२४ भदौ २०८१ मङ्गलवार । राजनीतिक द्वन्द्व र अधीनता भोग्दै धेरै पटक इतिहासले कठोर परीक्षा दिइसकेको छ। १०४ वर्षे राणा शासन, ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्था र २०६२/६३ को जनआन्दोलनले नेपाली जनताले अधिकार र स्वतन्त्रताको लागि संघर्ष गरिरहे । तर हिंजो भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल फेसबुक लगायतको प्रतिबन्धको विरोधमा राजधानी काठमाडौँमा निस्किएको यूवा पुस्ता ‘जेन–जी’ ले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको प्रतिक्रिया भयावह र दमनकारी रह्यो । छानी छानी, ताकि ताकि आङ्नै जिरिङ हुनेगरी गोली बर्षायो र कलिला नाति पुस्ताको सपना चकनाचुर पाऱ्यो ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ‘जेन–जी’ आन्दोलनलाई मात्र दबाउन खोजेन भ्रष्टाचारका अनेक काण्डहरु बन्दुकको गोलीबाटै छिपाउन खोज्यो । नागरिकहरुको शान्तिपूर्ण आन्दोलन गर्न पाउने हकमाथि छातीमा गोली बर्षायो र माऱ्यो दर्जनौ कलिला सपनाहरुलाई । । मिनेट भरमा १९ जना युवा विद्यार्थीको रगतले ओली सरकार लतपतियो । आन्दोलनमा काठमाडौंमा १७ र सुनसरीमा २ जनाको हत्या, ४ सय २२ घाइते भए । यो हुनु सरकारको कमजोर तानाशाही व्यवहार मात्र होइन, जनतामाथि गरिएको अमानवीय अक्षम्य अपराध हो। जस्को हिसाब किताब गर्ने दिन छिट्टै आउँदैछ ।
यो सरकार आफ्ना नाती पुस्ताका छोराछोरीको रगतको होली खेल्दै सत्ताको कुर्सीमा बसिरहेको छ। भ्रष्टाचार र बेथितिले देश डुबुसकेको छ । यहि कुरा भूसको आगोझै सामाजिक संञ्जालमार्फत स्वदेश तथा विदेशबाट फैलिएपछि सरकारले अन्ततह : सर्वाधिक लोकप्रिय फेसबुक, यूट्युव जस्ता सामाजिक सञ्जाल बन्द गऱ्यो र जनताको आवाज दबाएरै राख्ने ध्रिष्टता राख्यो । जुन यूवा पुस्तालाई शैह्य भएन र सुरु भयो स्वतस्फूर्त ‘जेन–जी’ पुस्ताको आन्दोलन ।
प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आफ्नो कुर्सीमा टिक्न नाती पुस्ताको रगतको खोलो बगाएर जुन नेपालको इतिहासमा नै कलंङ्क साबित भएको छ। यो रक्त रञ्जित इतिहास कदापि मेटिने छैन् । अहिले सम्म २२ जना युवाको बलिदानले दिएको बताइन्छ । यो बलिदानको सन्देश स्पष्ट छ – अब परिवर्तन अपरिहार्य छ। जनताबाट तिरस्कृत यो सरकार लाई कुर्सीमा बसिरहने अधिकार छैन। चौतर्फी बिरोध, असन्तोष र घृणा उत्पन्न भएको छ।
यूवा पुस्ता नेपालीको बलिदानलाई बेवास्ता गरेर कुनै पनि सत्ता टिक्न सक्दैन । बा पुस्ता अभिभावक बनेर ‘ जेन – जी ‘ पुस्ताको नेतृत्वमा सत्ता हस्तान्तरण गरेर भ्रष्टाचार मुक्त, सुशासन, र पारदर्शी अन्तरिम सरकार गठन गर्नु नै अहिलेको आवश्यकता हो । हत्यामा संलग्न दोषिमाथि स्वतन्त्र आयोग बनाई कारवाहिको दायरामा ल्याउनु पर्छ अनि मात्र कलिला यूवा पुस्ताको आत्माले शान्ति पाउने छ। आन्दोलनमा साहदत प्राप्त गर्ने सबै सबैमा हार्दिक श्रद्दाञ्जली र शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना ।

























