हेडलाईनसमाचारप्रदेश

नयाँ बानेश्वरको प्रदर्शन हिंसात्मक : प्रहरीको गोलीबाट आठ जनाको मृत्यू , पत्रकार सहित एक सय वढि घाइते

प्रहार समाचार । काठमाडौँ, २३ भदौ २०८२ सोमवार । सामाजिक सञ्जालमाथिको सम्भावित प्रतिबन्ध र संस्थागत भ्रष्टाचारविरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको जेन–जी पुस्ताको आन्दोलन सोमबार राजधानी काठमाडौंमा हिंसात्मक बन्दा आठ जनाको प्रहरीको गोलीबाट ज्यान गएको छ भने एक सय भन्दा बढि घाइते भएका छन्।

घाइते भएका मध्ये उपचारका लागि काठमाडौको ट्रमा सेन्टर र सिभिल अस्पतालमा लगिए । उनिहरुको अवस्था गम्भिर रहेका कारण मृत्यू हुनेको सङ्ख्या बढ्ने देखिएको छ। ए बिना राजनीतिक झुकाव र नेताविहीन रूपमा संगठित युवाहरूले बिहानैदेखि शान्तिपूर्ण प्रदर्शन थालेका थिए। तर, नयाँ बानेश्वरमा संसद भवनतर्फ अघि बढ्ने क्रममा अवस्था नियन्त्रणभन्दा बाहिरिँदा प्रहरीले बल प्रयोग गर्‍यो। लाठीचार्ज, अश्रुग्यास र गोली प्रहारसँगै राजधानीको मुटुमा तनाव चुलियो।

गोलिलागेर मृत्यू भएकाको म पहिचान भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार हालसम्म सिभिल अस्पतालमा ४० जना र वीर अस्पतालमा ८ जना घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर छ। घटनामा पत्रकारहरू पनि घाइते परेका छन् भन्ने प्रारम्भिक जानकारी आएको छ।

सोमबारको प्रदर्शन केवल आक्रोशको अभिव्यक्तिमात्र नभई, स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाउने सरकारी संकेतको प्रतिरोध पनि थियो। “हामी बोल्न पाउँछौं, आवाज उठाउन पाउँछौं” भन्ने नारासहित सहरभरि फैलिएको आन्दोलनले सरकारलाई युवा पुस्ताको असन्तुष्टि झनै प्रष्ट रुपमा देखाएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा ‘#WhoKilledHim’ लगायतका ह्यासट्यागमार्फत सरकार र प्रहरी प्रशासनमाथि जवाफदेहिताको माग बढेको छ। जेन–जी आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

राजधानीमा सुरक्षा सतर्कता कडा बनाइएको छ भने नयाँवानेश्वा आसपासमा कर्फ्यू लगाइएको छ । आन्दोलकारीलाई दवाउन सरकारले नेपाली सेनालाई सडकमा उतारेको छ। यसैबिच राजधानि काठमाडौंका अतिरिक्त पोखरा , विराटनगर , भैरवा लगायतका शहरहरुमा पनि व्यापक प्रदर्शन भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button