हेडलाईनसमाचारप्रदेश

काठमाडौंको बानेश्वर क्षेत्रमा आज दिउँसोदेखि रातीसम्म कर्फ्यू

काठमाडौं, २०८२ भदौ २३ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज मिति २०८२ साल भदौ २३ गते अपरान्ह १२:३० बजेदेखि राति १०:०० बजेसम्मका लागि काठमाडौंको बानेश्वर क्षेत्र वरपर कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रमुख अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क अनुसार उक्त आदेश जारी गरेका हुन्। आदेशमा सो क्षेत्रभित्र कुनै पनि प्रकारको आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ निषेध गरिएको छ।

प्रशासनले तोकेको कर्फ्यूको क्षेत्र यस प्रकार छः

बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।

प्रशासनले सर्वसाधारणलाई तोकिएको क्षेत्रभित्र नजान तथा आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ। आदेश उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

कर्फ्यू जारी गरिएको कारणबारे प्रशासनले स्पष्ट जानकारी नदिएतापनि आज नेपालको नयाँ पुस्ता, जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button