हेडलाईनसमाचारप्रदेश

चाडपर्वमा सुरक्षा सुदृढ गर्न खापुङ्गको निर्देशन : अपराध नियन्त्रणमा संवेदनशीलता बढाउन जोड

प्रहार समाचार । काठमाडौँ, २३ भदौ २०८२ सोमवार । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले चाडपर्व नजिकिएसँगै देशभर बढ्न सक्ने सुरक्षा चुनौतीहरूप्रति विशेष संवेदनशीलता अपनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट आइतबार भर्चुअल माध्यमद्वारा सम्पूर्ण प्रहरी इकाइलाई निर्देशन गर्दै समाजमा देखा परिरहेका नयाँ–नयाँ सुरक्षाजन्य जोखिमको गम्भीर विश्लेषणका आधारमा रणनीतिक रूपमा प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

महानिरीक्षक खापुङ्गले आपराधिक गतिविधि न्यूनीकरण गर्न सूचना संकलन तथा विश्लेषण प्रक्रियामा अझ सक्रियता देखाउनुपर्ने धारणा राखे । उनले आसन्न चाडपर्वको सन्दर्भमा कुनै पनि आपराधिक घटना हुन नदिन ‘पूर्व–तयारी’ र ‘सक्रिय सुराकी’ प्रणालीलाई सशक्त बनाउँदै सुरक्षा योजना निर्माण गर्न प्रहरी इकाइहरूलाई निर्देशन दिए ।

त्यस्तै, स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य र समन्वयमा रहेर उत्तरदायी, व्यावसायिक र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए ।

उक्त भर्चुअल निर्देशन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू दान बहादुर कार्की, राजन अधिकारी र शिद्धी बिक्रम शाहले पनि आ-आफ्नो विभागगत अनुभवका आधारमा समसामयिक विषयमा आवश्यक मार्गदर्शन प्रस्तुत गरेका थिए । कार्यक्रममा सातै प्रदेश प्रहरी कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, विभिन्न जिल्ला र मातहतका प्रहरी प्रमुखहरूको समेत व सहभागिता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button