हेडलाईनसमाचारगण्डकी

‘कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलालहरूको दबाबमा बनेको हो ।’ – प्रचाड

प्रहार समाचार । कास्की, २१ भदौ २०८२ शनिवार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलालहरूको दबाबमा बनेको आरोप लगाएका छन्। नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनका अनुसार कांग्रेस–एमालेको सरकार नेताहरूको बुद्धिबाट होइन, डर र धम्कीबाट बनेको हो। “हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो,” भन्दै प्रचण्डले कांग्रेस–एमालेभित्रका इमानदार नेताहरूलाई यस्तो सरकारमा नबस्न आग्रह गरे।

प्रचण्डले हालको गठबन्धन सरकारलाई क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधि पनि भने। उनले कांग्रेस र एमालेले बिचौलिया प्रवृत्तिको संरक्षण गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रलाई त्यसको वैकल्पिक शक्ति भएको जिकिर गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button