हेडलाईनसमाचारप्रदेश

मन्त्री सवार गाडीको ठक्करबाट बालिका घाइते, स्थानीय आक्रोशित

• बिजय अधिकारी (प्रहार संवाददाता ) ललितपुर, २१ भदौ २०८२ शनिवार । ललितपुरको हरिसिद्धिमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको छ। शुक्रबार बिहान एमालेको दोस्रो विधान अधिवेशनमा सहभागी हुन मन्त्री गोदावरीतर्फ जाँदै गर्दा हरिसिद्धि उकालोमा गाडीले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते बालिकाको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनापछि तत्काल प्रहरी परिचालन गरिएकाले थप क्षति हुन नपाएको जनाइएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्न माग गर्दै गोदावरी जाने मुख्य सडक केही समयका लागि अवरुद्ध गरेका थिए। सडक जाम हटाउन सुरक्षाकर्मी खटाइएको थियो भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button