प्रहार समाचार । तनहुँ, २० भदौ २०८१ शुक्रवार । अनुगमनका क्रममा तनहुँको सदरमुकाम दमौलीमा रहेका विभिन्न खाद्यान्न पसलहरूमा मिति सिद्धिएका अखाद्य वस्तुहरू स्यापछ्याप्ती फेला परेका छन्।

उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बस्तुहरु पसलेको टोसिमा सजाएर राख्नुले व्यारिको कर्म र धर्म माथिनै प्रश्न चिन्ह खडा गरेको छ भने उपभक्ताहरु कति सम्म ठगिन्छन् र उनिहरुको स्वास्थ्यमा कस्तो सम्म असर पार्ला भन्ने अर्की गम्भिर प्रश्न तेर्सिएको छ ।

व्यास नगरपालिका अनुगम समितिका संयोजक एवं उप प्रमुख ईन्दिरा दरैको नेतृत्वमा व्यास १ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, व्यास नपाका प्रशासकिय अधिकृत रामचन्द्र हङ्खले, नगर प्रहरी, पत्रकार लगायतको संयुक्त अनुगमन टोलिले अनुगमन गर्दा यस्ता वस्तुहरु पाइएको हो ।

व्यास नगर उपप्रमुख ईन्दिरा दरै व्यापारिलाई उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार नरहेको उल्लेख गर्दै म्याद सकिएका बस्तुहरु बिक्र वितरण नगर्न आग्रह गर्दै आगामी दिनहरुमा यस्तो भेटिएमा कानुन बमोजिम कारबाही गरिने बताइन् ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँका प्रमुख ज्योति आचार्यले सामान खरिद गर्दा उपभोक्ताहरुले पनि सचेत भएर बनेको मिति र उपभोग गर्ने मिति राम्रो सङ्ग हेरे सामान किनेको बिल लिएर मात्र अगाडी बढ्न आग्रह गरे ।

व्यास नगरपालिकाको वडा नं-२, दमौली बजाया रहेका खाद्यान्न पसलको अनुगमनका क्रमा कुहिएको चामल , मिति सिद्धिएका बिस्कुल , फ्रुटी, चिया पत्ति, चकलेट , पापड , चुक अमिलो जस्तै देखिने अखाद्य अमिलो जस्तो देखिने झोल पदार्थ लगायत बोराका बोरा बस्तुहरु बरामत गरिएको थियो । उत्त सामाग्रीहरुले बोरामा राखेर नगरपालिकाले जफत गरेको छ ।


























