हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

उत्तर भारतमा बाढी र पहिरोबाट ४९ जनाको मृत्यु : हजारौं प्रभावित

प्रहार समाचार । भारत , १९ भदौ २०८२ बिहीवार । उत्तर भारतमा आएको अविरल वर्षाले बाढी र पहिरोको कहर निम्त्याउँदै हालसम्म ४९ जनाको ज्यान गएको छ। पञ्जाबमा ३७, हरियाणामा ११ र हिमाचल प्रदेशको कुल्लुमा १ जनाको मृत्यु पुष्टि भएको छ। पञ्जाबको पठानकोटमा थप ३ जना अझै बेपत्ता छन् भने हिमाचलमा पहिरोका कारण ६ जना पुरिएको आशंका गरिएको छ।

पञ्जाबका सबै २३ जिल्ला बाढीको चपेटामा छन्, जसका कारण १ हजार ६५५ गाउँ प्रभावित भएका छन् र ३.५५ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। राज्य सरकारले सेप्टेम्बर ३ देखि ७ सम्म विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय लिएको छ। हरियाणामा पनि हिसार, अम्बाला, पंचकुला र रोहतकका विद्यालयहरू अर्को आदेश नभएसम्म बन्द गरिएका छन्।

दिल्लीबाट छाडिएको पानीका कारण फरीदाबादमा यमुना नदीको सतह खतरा तह नाघिसकेको छ। राहत शिविरहरूमा समेत पानी पस्दा उद्धार कार्यमा थप कठिनाइ भइरहेको छ। हिमाचल प्रदेशमा पहिरोले घर भत्किँदा जनधनको क्षति हुनुका साथै जोखिम झनै बढेको छ। बाढी प्रभावित राज्यहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button