हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

प्रहार समाचार । काठमाडौँ, १९ भदौ २०८२ बिहिवार । हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागका विभिन्न स्थानहरूमा र तराईका एक–दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

राति पनि कोशी, बागमती र गण्डकीका धेरै स्थानमा तथा अन्य प्रदेशका केही भू–भागमा वर्षा जारी रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रहरूमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ भने लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण खोलानाला र नदीहरूको सतह बढ्न सक्ने, बाढी तथा पहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button