हेडलाईनप्रदेश

सम्पादकीय : राजा महेन्द्रको सालिकको संरक्षण र व्यास नगरको आत्मसम्मानसँग जोडिएको विषय

१९ भदौं २०८२ बिहीवार । इतिहास कुनै पुराना वस्तुहरूको संग्रह मात्र होइन, त्यो हाम्रो पहिचान, स्मृति र भविष्यको मार्गदर्शनको चिनो/ सम्झना पनि हो। तनहुँको व्यास नगरपालिका-३, प्रशासन चोकमा रहेको तात्कालिक राजा महेन्द्रको सालिकको विषय फेरि एकपटक स्थानीय चासोको केन्द्र बनेको छ।

वि.सं. २०१७ तिर तात्कालिन जिल्ला पञ्चायतद्वारा निर्माण गरिएको यो सालिक २०६२/०६३ को जनआन्दोलन का क्रममा तोडफोड भएर राजाको टाउको नै गायब हुन पुग्यो । शालिक भत्किएपछि वर्षौंसम्म वेवास्तामा रह्यो। २०८० साल माघ ३ गते राप्रपा तनहुँको पहलमा पुनःस्थापित यस सालिकले नगरको ऐतिहासिक चेतना र सौन्दर्यलाई पुनः उजागर गर्‍यो।

हाल व्यास नगरपालिकाले सो क्षेत्रलाई पार्कका रूपमा विकास गर्दैछ, जुन स्वागतयोग्य कदम हो। तर सालिक हटाउने चर्चा भइरहेका बेला राप्रपा व्यास नगरसमितिले नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण गराउँदै सालिकको संरक्षणको माग गरेको छ।

राजा महेन्द्रसँग सहमति–असहमति भिन्न विषय हुन्, तर उनका ऐतिहासिक योगदानलाई मेट्नु गलत सन्देश हो। विकास र इतिहास विरोधी होइनन्; सालिकसहितको सुन्दर पार्क व्यास नगरको आत्मगौरव र पर्यटनको केन्द्र बन्न सक्छ।

समाधान सहकार्यमै छ। राजनीति भन्दा माथि उठेर, इतिहासको सम्मान गर्दै समावेशी विकासको बाटो रोज्ने हो भने व्यास नगर वास्तवमै अनुकरणीय बन्न सक्छ। राजनीतिको चस्मा लगाएर कसैलाई पनि हेर्नु उचित होइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button