हेडलाईनसमाचारप्रदेश

३२ औं प्रहरी महानिरीक्षक बने खापुङ : दीपक थापा अवकाशमा

प्रहार समाचार । काठमाडौं, १९ भदौ २०८२ बिहीवार । नेपाल प्रहरीको नेतृत्वमा फेरबदल हुँदै ३१ औं महानिरीक्षक (आईजीपी) दीपक थापा अवकाशमा गएका छन् भने चन्द्रकुबेर खापुङ ३२ औं आईजीपीका रूपमा नियुक्त भएका छन्। गृह मन्त्रालयको निर्णयअनुसार एआईजी खापुङले आजदेखि कार्यकाल सुरु गर्दै छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा थापासहित एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीलाई हिंजो बिदाइ गरिएको हो। तीनैजना अधिकारीले प्रहरी सेवामा ३० वर्षे सेवा अवधि पूरा गरेपछि आज राति १२ बजेदेखि अवकाश लागु भएको हो। खापुङले गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि नयाँ जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने छन्।

नयाँ आईजीपी खापुङको स्वागतमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रम आयोजना गरेको छ। उनले अमर प्रहरी स्तम्भमा माल्यार्पण गर्दै पदभार सम्हाल्ने छन्। यद्यपि, वर्तमान नियमावलीअनुसार उनी कात्तिक २७ गते अनिवार्य अवकाशमा जाने छन्, जसले उनको कार्यकाल छोटो बनाउनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button