हेडलाईनसमाचारप्रदेश

सूचीकरण नभएका सामाजिक सञ्जाल आजबाटै बन्द गर्दै सरकार : फेसबुकदेखि युट्युबसम्म प्रभावित

• विजय अधिकारी ( प्रहार संवाददाता) काठमाडौं, १९ भदौ २०८२ बिहीवार । सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार कार्यान्वयन अघि बढाउँदै, ती सञ्जाललाई नेपाल र भारतसम्म नचल्ने गरी प्रतिबन्ध लगाउने तयारी गरेको हो।

हालसम्म पाँच सामाजिक सञ्जाल — टिकटक, भाइबर, निम्बज, वीटक, र पोपोलाइभ — मात्र नेपालमा कानुनीरूपमा सूचीकरण भइसकेका छन्। यिनले सेवा सञ्चालन जारी राख्न पाउनेछन् भने फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, डिस्कर्ड, र सिग्नलजस्ता लोकप्रिय सञ्जालहरू बन्द हुने सूचीमा परेका छन्।

सूचना प्रविधिमा अनुशासन कायम गर्न र डिजिटल प्लेटफर्महरूलाई कानुनी दायरामा ल्याउन सरकारको यो कदम उठाइएको हो। मन्त्रालयले सूचीकृत नभएका सञ्जालहरूले आवश्यक प्रक्रिया पूरा गरे पुन: सञ्चालनको बाटो खुला हुने पनि जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button