हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँको व्यास नगरपालिका प्रशासन चोकको ऐतिहासिक सालिक संरक्षणमा राप्रपाको ध्यानाकर्षण

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८२ बुधवार । तनहुँ को व्यास नगरपालिका वडा नं- ३ प्रशासन चोकमा रहेको ऐतिहासिक र भावनात्मक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने राजा महेन्द्रको सालिकको संरक्षण र त्यस स्थानको समुचित विकासको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) व्यास नगरपालिका कार्यसमितिले आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ।

२०१७ साल आसपासमा तत्कालीन जिल्ला पञ्चायतद्वारा निर्माण गरिएको श्री ५ राजा महेन्द्र वीर विक्रम शाहदेवको सालिक २०६२/६३ को जनआन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो। लामो समयसम्म अर्धकट अवस्थामा वेवास्ता गरिँदै आएको उक्त सालिकलाई मिति २०८० साल माघ ३ गते स्थानीय जनताको माग, ऐतिहासिक चेतना, र नगर सौन्दर्यको ख्याल गर्दै राप्रपाको पहलमा पुनःस्थापना गरिएको थियो।

राप्रपाले ध्यानाकर्षण पत्रमार्फत उक्त स्थान हालै मात्र जिल्ला समन्वय समितिबाट व्यास नगरपालिकालाई हस्तान्तरण भई पार्क निर्माण कार्य अघि बढिरहेको सन्दर्भमा सकारात्मक दृष्टिकोण राख्दै धन्यवाद व्यक्त गरेको छ। पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको समेत पत्रमा उल्लेख गरिएको छ, जसलाई राप्रपाले स्वागत गरेको छ।

तर, सोही स्थानमा रहेको राजा महेन्द्रको सालिक हटाएर पार्कको क्षेत्रफल घटाउने प्रयास भइरहेको भन्ने जनचासो र चर्चा फैलिएको विषयमा गम्भीर आपत्ति जनाउँदै राप्रपाले नगर प्रमुखलाई उक्त सालिक यथास्थानमै राखेर, इतिहास र स्मारकको संरक्षणसहित सुन्दर र व्यवस्थित पार्क निर्माण गर्न आग्रह गरेको छ।

राप्रपा व्यास नगर कार्यसमितिका अध्यक्ष आइत बहादुर घलेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हाम्रो इतिहास, राष्ट्रिय पहिचान र नगर सौन्दर्यको सन्तुलनसहितको विकास नै समावेशी नगर निर्माणको सही बाटो हो। व्यास नगरपालिका र राप्रपाबीच सहकार्यको भावनाले इतिहासको सम्मान र समृद्ध नगरको सपना एकसाथ पुरा गर्न सकिन्छ।”

नगरप्रमुख बैकुण्ठ न्यौपानेले पनि पत्र प्राप्त गर्दै विषयवस्तु गम्भीर रहेको र छलफलमार्फत सबै पक्षको चासो समेटेर सन्तुलित समाधान खोजिने आश्वासन दिएका छन्। हेरौं ध्यानाकर्षण पत्र :

यस घटनाले स्थानीय तहमा ऐतिहासिक चेतना, स्मारक संरक्षण र जनभावनाको सम्मानसहित सहकार्यमा आधारित विकासको नमूना स्थापना गर्ने सम्भावनालाई उजागर गरेको छ। राप्रपाको सकारात्मक र दूरदर्शी पहलले इतिहास संरक्षण र समावेशी नगर विकासबीचको सन्तुलन कायम गर्न प्रेरणा मिल्ने जिल्ला अध्यक्ष विनोद घर्ती बताउँछन्। द

यस कदमले केवल राजा महेन्द्रको सालिक संरक्षण मात्र होइन, ऐतिहासिक स्मारकहरूलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने सामूहिक जिम्मेवारीतर्फ जनताको ध्यानाकर्षण गराएको समेत अध्यक्ष धर्तीले उल्लेख गरे । छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button