हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको सर्वकल्याण सहकारी प्रकरण : सिग्देलले तीन महिनाभित्र रकम तिर्ने प्रतिबद्धता जनाउँदै चेक दिए, मिलापत्रपछि प्रहरी हिरासतबाट मुक्त

प्रहार समाचार । तनहुँ १७ भदौ २०८२ मङ्गलवार । तनहुँको व्यास ४ मा रहेको सर्वकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपक सिग्देलले पीडित शेयर सदस्यहरूलाई तीन महिनाभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै चेक बुझाएपछि मिलापत्रमार्फत प्रहरी हिरासतबाट मुक्त भएका छन्।

दमौली निवासी सिग्देल एक करोडभन्दा बढी रकम अपचलनको आरोपमा हिजो जिल्ला प्रहरी कार्यालय तनहुँले सहकारी ऐनअन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

२०८२ असार मसान्तसम्म रकम तिर्ने भने पनि समयमै नतिरेपछि पीडित शेयर सदस्यहरूद्वारा उजुरी दिइएपछि उनी प्रहरीको नियन्त्रणमा पुगेका थिए।

पीडितको भनाइ: चेक दिएकोमा आशा जागेको छ, तर विश्वास छैन

शेयर सदस्य केहर सिँ आले भन्छन्,

“हामीले पटक–पटक रकम फिर्ता गर भनी आग्रह गर्‍यौं, तर उनले झूटो आश्वासन मात्रै दिए। अहिले चेक दिएर फेरि एक मौका मागेका छन्। आशा त छ, तर अघिल्लो धोका सम्झिँदा अझै विश्वास गर्न गाह्रो छ।”

उनीसहित कैयौं पीडित शेयर सदस्यहरू आज साँझ अबेर सम्म प्रहरी कार्यालयको परिसरमा निगरानी गर्दै बसेका थिए । चेक बाउन्स भए कानुनी कारवाही हुने चेतावनीसहित उनिहरु घरघरमा गएका छन्।

सहकारीको अपारदर्शी प्रणालीमा करोडौँको अनियमितता :

सर्वकल्याण सहकारीले विगत केही वर्षदेखि लेखापरीक्षण नगरेको, साधारण सभा नगरेको, र सम्पूर्ण वित्तीय कारोबार विद्युतिय सफ्टवेयरमार्फत मात्र गरेको खुलेको थियो।

चार वटा मूल खाता समेत हराएको, सफ्टवेयरमा ब्याकअप नरहेको, र रु. १,०८,०६,५२८ बराबरको हिसाब फरक परेको ब्यास नगरपालिकाको प्रारम्भिक अनुगमन प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाले पटक–पटक पत्राचार गर्दा पनि समितिले प्रतिवेदन नपठाएको र रकम नफिर्ता गरेपछि सिग्देलमाथि उजुरी दर्ता गरिएको थियो ।

प्रहरीको भनाइ: मिलापत्रका आधारमा छोडियो, तर निगरानी रहनेछ :

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरिक्अ क आशिष बि क का अनुसार दुवै पक्षबीच आफू आफूमा लिखित सहमति (मिलापत्र) भएपछि सिग्देललाई परिवारको जिम्मा लगाइएको हो। तर उनीले दिएको चेकको अवधि सकिएपछि पनि रकम फिर्ता नगरेमा पुनः कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।


हाललाई विवाद मिलापत्रमार्फत टुंगिएको देखिए पनि सिग्देलले दिएको चेक फर्जि नठहरिएसम्म पीडितहरू पूर्ण विश्वस्त देखिएका छैनन्। अबको मुख्य प्रश्न भनेको — तीन महिनामा साँच्चिकै सबैले रकम फिर्ता पाउँछन् त ? भन्ने हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button