हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा अपाङ्गता मैत्री पहुँचयुक्त सडक निर्माणप्रति ध्यानाकर्षण

• चन्द्रकला कमली (नहर्की) / प्रहार समाचार । तनहुँ, १३ भदौ २०८२ शुक्रवार । तनहुँ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको हक र पहुँच सुनिश्चित गर्न क्रियाशील पहुंचयुक्तता अभियान तनहुँले व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई अपाङ्गता मैत्री सडक निर्माणमा देखिएका विभिन्न समस्याप्रति ध्यानाकर्षण गराएको छ।

अभियानका संयोजक मदन पौडेल र उपसंयोजक ईश्वर बास्तोलाको नेतृत्वमा सञ्चालन गरिएको उक्त पहलले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजार क्षेत्रको दुर्गा मन्दिर लाइनदेखि बुल्दी खोलासम्मको सडक खण्डमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव देखिएको जनाएको छ।

ध्यानाकर्षण पत्रमा जेब्रा क्रसिङबाट र्याम्पको पहुँच नहुनु, फुटपाथमा बिजुलीका पोल टक्टायल गाइडिङ ब्लकको बीचमा राखिनु, अत्यधिक भिरालो फुटपाथ, डिभाइडरले बाटो छेकिनु, तथा नालीमाथि असुरक्षित स्लाब जस्ता समस्या उल्लेख छन्।

नगर प्रमुख बैकुण्ठ न्यौपाने, प्रशासकीय अधिकृत शुकदेव लम्साल र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सुधारको प्रतिवद्धता व्यक्त गरेका छन्।

पहुँचयुक्त पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायबीच सहकार्य गरिने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button