हेडलाईनसमाचारगण्डकी

मनाङ प्रदेशसभा–२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

प्रहार समाचार । मनाङ , १३ भदौ २०८२ शुक्रवार । मनाङ प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा–२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बैठकले शुक्रबार उपनिर्वाचनको मिति तय गरेको हो। सोही दिन रुपन्देही क्षेत्र नं. ३ मा पनि प्रतिनिधिसभाको उपनिर्वाचन गरिनेछ।

२०७९ सालमा मनाङबाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि उम्मेदवार बन्न अयोग्य ठहरिएका थिए। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै संवैधानिक इजलासले २०८१ कात्तिक २० गतेदेखि उनको पद रिक्त भएको ठहर गरेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि भदौ २५ मा प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग हुने जनाएको छ। मतदान गर्न चाहने नागरिकले कात्तिक १६ गतेसम्म १८ वर्ष पुगेको हुनुपर्नेछ। आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वासिलो बनाउन सबै पक्षसँग सहकार्यको अपिल समेत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button