हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीको आईजीपीको ममाण्ड सम्हाल्दै खापुङ

प्रहार समाचार । काठमाडौँ, १३ भदौ २०८२ शुक्रवार । नेपाल प्रहरीको सर्वोच्च पदको कमाण्ड चन्द्र कुवेर खापुङले सम्हाल्ने भएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङ असोज १८ गते राति १२ बजेपछि नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) का रूपमा कमाण्ड सम्हाल्ने छन्।

भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका वर्तमान आईजीपी दीपक थापाको स्थानमा खापुङ नियुक्त हुन लागेका हुन्। नियुक्तिका लागि कुनै विवाद, राजनीतिक रस्साकस्सी वा अदृश्य हस्तक्षेप नदेखिएको यो दुर्लभ अवसर हो, जहाँ सिनियरिटीलाई एक्लो आधार बनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

थापा र खापुङ दुवै २०५१ सालमा प्रहरी निरीक्षक पदका लागि आवेदन दिएकामा नियुक्तिमा केही समयको अन्तर परेको थियो। थापा २०५२ भदौ १९ मा र खापुङ २०५२ कात्तिक २७ मा नियुक्त भएका थिए। थापा साढे ५ महिनाका लागि आईजीपी बनेका थिए भने खापुङको सेवा अवधि कात्तिक २७ गते सकिँदैछ। अर्थात्, उनी पनि करिब साढे दुई महिनामात्रै प्रहरी संगठनको नेतृत्वमा रहनेछन् ।

नेपाल प्रहरीको आईजीपी पदलाई राजनीतिक दलदेखि शक्ति केन्द्रहरूले प्रभाव पार्ने प्रयास गर्ने चलन रही आएको छ। तर, यसपटक सत्ता साझेदार नेपाली कांग्रेसले समेत कार्यकाल छोटो भएकाले हस्तक्षेप नगर्ने नीति लिएपछि खापुङको नियुक्ति सहज भएको हो। सिनियरिटीका एक्ला दावेदार भएका खापुङका लागि यो नियुक्ति संगठनभित्रकै मान्यताको आधारमा भएको निर्णयका रूपमा लिइएको छ। अब खापुङ झण्डै ८० हजार फौजको कमाण्ड सम्हाल्दै, सीमित समयका लागि भए पनि प्रहरीको सर्वोच्च नेतृत्वमा देखिने छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button