प्रहार समाचार । काठमाडौँ, ९ भदौ २०८२ सोमवार । देशभर मनसुन प्रणाली सक्रिय रहँदा विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । हाल गण्डकी, लुम्बिनी, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा पर्न सक्ने सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुने देखिएको छ ।
राति वाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिमको तराईमा भारी वर्षाको जोखिम रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेकाले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले वर्षा प्रणालीलाई थप सक्रिय बनाएको जनाएको छ ।
























