प्रहार समाचार । पर्सा, ७ भदौ २०८२ शनिवार । झाडापखला लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार पर्सीमा उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएको हो। उनले बिरामीलाई हैजा परीक्षण गर्न नपाउँदै निधन भएकाले ठ्याक्कै कारण खुल्न नसकेको जानकारी दिए।
त्यसैगरी, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का बिरामीको शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दुबैजनामा झाडापखालाको लक्षण देखिए पनि हैजा थियो वा थिएन भन्नेबारे प्रयोगशाला परीक्षण अझै बाकी छ।
लगातार मृत्यु भएपछि स्थानीय स्वास्थ्य निकाय सतर्क बनेको छ। दूषित पानी र खानपानबाट बच्न, सरसफाइमा ध्यान दिन तथा झाडापखालाको लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आम नागरिकलाई आग्रह गरिएको छ।
























