प्रहार समाचार । तनहुँ, ७ भदौ २०८२ शनिवार । “भाषा, साहित्य र संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान” नारासहित गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले आफ्नो नियमित रचनावाचन कार्यक्रम अन्तर्गत ५१ औं काव्य श्रृङ्खला शनिबार सम्पन्न गरेको छ। नेपाली साहित्य र पत्रकारितामा नयाँ युगको सुरुआत गराउने युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्ती को अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो । आ

गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार सागर उदासले नेपाली साहित्यको यात्रामा निरन्तर सिर्जनाले मात्र पहिचानलाई जोगाउन सक्ने बताए। संस्थाका सल्लाहकार एवं साहित्यकार श्रीराम कार्की अच्यूतले साहित साहित्य प्रति अभिरूची जगाउन यस्ता नियमित कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाली लेखक संघका अध्यक्ष शंकरराज नहर्कीले नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न यस्ता नियमित गतिविधि महत्त्वपूर्ण हुने धारणा राखे।

समारोहमा साहित्यकारहरु समुन्द्र गोदार, पिया, मधुमाया घिमिरे, तेजप्रसाद लामिछाने , बिरु गणेश उपरकोटी, सृजनशिल आमा समूहका अध्यक्ष सिता पण्डित लगायतले आफ्ना विचार राख्दै साहित्य र संस्कृतिको संरक्षण, प्रचार–प्रसारमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे। कार्यक्रममा काव्यवाचन, अनुभव बाँडफाँड र साहित्यप्रेमी बीच विचार–विमर्श गरिएको थियो। कार्यक्रमको सहजकाण संस्थाका महासचिव अमराज नहर्कीले गरेका थिए ।



























