हेडलाईनसमाचारसाहित्यप्रदेश

नेपाली पत्रकारिताका प्रणेता युवाकवि भट्टको १६० औँ जन्मजयन्ती आज

काठमाडौं । नेपाली साहित्य र पत्रकारितामा नयाँ युगको सुरुआत गराउने युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमसहित मनाइँदैछ। साहित्यलाई जीवन समर्पण गरेका मात्र होइन, छापाखाना भित्र्याएर नेपालमा पत्रकारिताको जग बसाल्ने व्यक्तित्वका रूपमा भट्टको योगदानलाई विशेष स्मरण गरिएको छ।

विसं १९२३ भाद्र कृष्ण औँसीका दिन जन्मिएका भट्टले ३० वर्षको छोटो जीवनमै नेपाली साहित्यमा शृङ्गार रसको विकास, आदिकवि भानुभक्तको जीवनी प्रकाशन, र साहित्यिक चेतनाको अभूतपूर्व उचाइमा पुर्‍याउने कार्य गरे। उनका गतिविधिले साहित्यलाई मात्र होइन, सामाजिक चेतना र राष्ट्रिय गौरवलाई समेत जागृत तुल्याएको मानिन्छ।

दिवसको अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले राजधानीसहित देशका विभिन्न स्थानमा स्मृति दिवस कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा उनका कृतित्व, साहित्यिक योगदान र पत्रकारितामा पुर्‍याएको ऐतिहासिक भूमिकाबारे चर्चा हुने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button