हेडलाईनसमाचारप्रदेश

आज कुशे औशी तथा बुबाको मुख हेर्ने दिन : घर-घरमा कुश भित्र्याएर श्रद्धापूर्वक मनाइँदै

प्रहार समाचार । तनहुँ, ७ भदौ २०८२ शनिवार । आज वैदिक सनातन धर्मावलम्बीले कुशे औँसी पर्व आस्था र श्रद्धाका साथ मनाएका छन् । भाद्रकृष्ण औँसीका दिन घर–घरमा देवकार्य तथा पितृकार्यका लागि प्रयोग हुने पवित्र कुश भित्र्याउने परम्परा आज पनि निरन्तरता दिइएको छ । धर्मशास्त्रविद्हरूका अनुसार आज काटेर भित्र्याइएको य कुश वर्षभरि उपयोग गर्न सकिने धार्मिक मान्यता छ ।

आज को दिनलाई बुबाको मुख हेर्ने पनि दिन भएकाले छोराछोरीले बाबुलाई मनपर्ने मिठाई र भोजन खुवाएर सम्मान गर्दै छन्। बुबा दिवङ्गत भएकाहरू भने पवित्र तीर्थस्थलमा पुगेर पिण्डदान, तर्पण र सिदादान गर्दै पितृप्रति श्रद्धा प्रकट गर्छन् ।

विशेषगरी काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ । दिवङ्गत पिताको नाममा तर्पण गर्नेहरूको भीडका कारण यस औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ । आस्थावान भक्तजनहरूले यस दिनलाई पितृ सम्झना, श्रद्धा र कृतज्ञताको पर्वका रूपमा मनाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button