प्रहार समाचार । तनहुँ ६ भदौ २०८२ शुक्रवार । नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका अर्थात् तीज २०८२ को अवसरमा तनहुँको व्यास–१, स्थित निर्मल माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उत्साह वर्धक रूपमा सहभागिता रहेको थियो ।

लियो क्लब अफ तनहुँ निर्मल अल्फाको आयोजनामा भएको कार्यक्रममा सभापति लियो क्लबका अध्यक्ष सुरज आले, प्रमुख अतिथि लायन पवित्रा खनाल र संरक्षक तथा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले तीजको सांस्कृतिक महत्वबारे आ–आफ्ना मन्तव्य राखेका थिए।
प्रतियोगितामा दिपेश पन्थ नेतृत्वको समूह उत्कृष्ट घोषित भएको छ। उनीहरूले पहिलो स्थान हासिल गर्दै प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामार्फत विद्यार्थीको सिर्जनशीलता र कला–संस्कृतिप्रतिको लगाव उजागर भएको आयोजकले जनाएका छन्।
























