प्रहार समाचार । काठमाडौँ, ६ भदौ २०८२ शुक्रवार । साहारा लिम्बूको शानदार प्रदर्शनले नेपाललाई साफ यू–१७ महिला च्याम्पियनसिपमा पहिलो जित दिलाएको छ। भुटानविरुद्ध आज भएको खेलमा साहाराले दुई गोल गरेपछि नेपालले २–१ को पुनरागमन जित हात पार्यो।

खेलको सुरुआतमा भने नेपाल पछि परेको थियो। पहिलो हाफमै गोल खाएको नेपालले ५८औं मिनेटमा साहाराको प्रहारबाट बराबरी फर्कायो। त्यसपछि ७७औं मिनेटमा उनले दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाइन्, जुन अन्ततः निर्णायक परिणाम बन्यो।
यसअघि पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपालले यस जितसँगै तीन अंक जोडेको छ। भुटानमाथिको जितले टोलीको आत्मविश्वास उच्च बनेको छ भने प्रतियोगितामा नेपालले नयाँ ऊर्जा पाएको संकेत पनि दिएको छ।
























