हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

लिजा मूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका प्रथम, आँबुखैरेनी दोस्रो

दमौली । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकार संस्थागत स्वमूल्यांकन (लिजा) नतिजामा तनहुँका १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिका शीर्ष स्थानमा पुगेर प्रथम हुन सफल भएको छ भने आँबुखैरेनी गाउँपालिका दोस्रो भएको छ।

मन्त्रालय द्वारा आज गरिएको सार्वजनिक नतिजाअनुसार म्याग्देले ८५.७५ अंक प्राप्त गर्न सफल भयो आँबुखैरेनी गाउँपालिका ८५ अंक प्राप्त गरेको छ। स शुक्लागण्डकी नगरपालिका तेस्रो, व्यास नगरपालिका चौथो र भानु नगरपालिका पाँचौँ स्थानमा परेका छन्। यसले पालिका र नगरपालिकाबीचको आन्तरिक प्रतिस्पर्धा झल्काएको छ।

अन्य स्थानीय तहमा भिमाद छैटौं, देवघाट सातौं, ऋषिङ आठौं, घिरिङ नवौं र ऐतिहासिक पर्यटकीय गन्तव्य बन्दीपुर गाउँपालिका भने अन्तिम अर्थात् दशौं स्थानमा सीमित भएको छ। मन्त्रालयले गरेको यो मूल्याङ्कनलाई स्थानीय तहको कार्यसम्पादन, पारदर्शिता र सेवाप्रवाहको सूचकका रुपमा लिइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button