प्रहार समाचार । काठमाडौं, ७ भदौ २०८२ शनिवार आज देशभर मौसम सामान्यतया बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई भू–भाग र बागमती, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज दिउसो द देशका पहाडी भू–भागका विभिन्न स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। त्यस्तै, राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा बादल बढ्ने र केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। गण्डकीका पहाडी भू–भाग र लुम्बिनीको तराई क्षेत्रमा भने भारी वर्षा पर्न सक्ने चेतावनीसमेत जारी गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। साथै, बंगालको खाडीबाट प्रवेश गर्ने जलवाष्पयुक्त हावाले मनसुन प्रणाली सक्रिय बनाइरहेकाले वर्षा गतिविधि अझै बढ्ने अनुमान गरिएको छ।

























