हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

नेपालमा डेंगु संक्रमण : वर्षासँगै जोखिम बढ्यो, सातै प्रदेश प्रभावित

• चन्द्रकला कमली (नहर्की)/ तनहुँ, ६ भदौ २०८१ शुक्रवार । डेंगु नियन्त्रणका सरकारी अभियान निरन्तर भए पनि रोगको फैलावट रोकिएको छैन । वर्षा सुरु भएलगत्तै सातै प्रदेशमा सङ्क्रमण बढेको छ र हालसम्म ७४ जिल्लामा फैलिएको डेंगुले तीन हजार २४७ जनालाई ग्रस्त बनाइसकेको छ । पछिल्लो एक सातामात्रै २११ नयाँ केस देखिएको छ भने दुई जनाले ज्यान गुमाइसकेका छन् ।

गण्डकी प्रदेशमा मात्रै ९१४ सङ्क्रमित भेटिएका छन् भने बागमतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जना संक्रमित भएको महाशाखाले जनाएको छ । विज्ञहरूका अनुसार वर्षासँगै संक्रमण अझै बढ्ने सम्भावना उच्च छ, तर सरकारको अभियान प्रभावकारी हुन सकेको छैन ।

सफा पानीमै प्रजनन गर्ने ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ लामखुट्टेको नियन्त्रणमा उदासीनता देखिँदा जोखिम झन् बढेको छ । गत वर्ष ७६ जिल्लामा ४१ हजारभन्दा बढी संक्रमित र १५ जनाको मृत्यु भएको तथ्याङ्क स्मरणीय छ, तर यस वर्ष पनि त्यही भयावह परिदृश्य दोहोरिने आशंका बढेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button