आँबुखैरेनीव्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको आदिकवि भानुभक्त क्याम्पस अधिवेशन : अध्यक्ष पदमा ‘राजनीतिक दाउ–पेचभन्दा’ भिजन सहितको प्राज्ञिक शैक्षिक नेतृत्व आवश्यक

प्रहार समाचार । तनहुँ, दमौली । तनहुँको व्यास नगरपालिका –१, विज्ञानचौरमा रहेको प्रतिष्ठित शैक्षिक संस्था आदिकवि भानुभक्त क्याम्पसको यही भदौ १८ गते हुने साधारणसभा एवं अधिवेशनले यसपटक नयाँ बहस जन्माएको छ । अध्यक्ष पदका लागि पाँच जना आकांक्षी खुले पनि प्रजातान्त्रिक प्रक्रियासँगै राजनीतिक समीकरणभन्दा बढी क्याम्पसको शैक्षिक–प्राज्ञिक भविष्यलाई ध्यान दिनुपर्ने आवाज उठेको छ ।

हालका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खरसिंह दरै, केशबहादुर सुनार, कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल र मेडिकल व्यवसायी राजु दाहाल आकांक्षी रहेको चर्चा बजारमा छ। बुद्धिमान श्रेष्ठले सबैको आग्रह भएमा पुन: अध्यक्षमा रहने नत्र पूर्व अध्यक्ष भएर अझ सक्रिय रहने बताए । व्यास १ का पूर्व वडा अध्यक्ष समेत रहेका खरसिंह दरै यस विषय छलफलमै रहेको प्रहार समाचारलाई बताए । ‘हेरौं के हुन्छ ।’ उनले भने । नेपाली कांग्रेसका नेता एवं सुनचाँदी व्यवसायी केशबहादुर सुनार गत वर्ष पनि आफूले अध्यक्षको दावेदारी गरेको भए पनि नपाएको बताए । ‘ यस विषयमा पार्टीले नै निर्णय गर्छ ।’ उनले छोटो प्रतिकृया दिए । नेपाली कांग्रेस तनहुँका सचिव समेत रहेका यूवा नेता लक्ष्मी भक्त खनालको पनि चर्चा उत्तिकै देखिएको छ। तनहुँको दमौलीका मेडिकल व्यवसायी राजु दाहालले भने -‘प्राज्ञिक थलोमा कुनै पार्टीको मान्छे नभनि ट प्राज्ञिक व्यक्ति हुनु पर्छ ।’

‘क्याम्पसको अध्यक्ष बन्नकालागि नेपाली कांग्रेस तनहुँका पूर्वसभापति तथा नगरप्रमुख बैकुण्ठ न्यौपानेको आशीर्वाद कसलाई मिल्छ सोहि व्यक्ति क्याम्पसको अध्यक्ष बन्छ ।’ भन्ने एक थरीको विश्लेषण गरेका छन्।

तर, क्याम्पसमा अध्यायनरत विद्यार्थी, प्राज्ञिक समुदाय र अभिभावकहरूले अध्यक्षको चयनमा राजनीतिक दाउ–पेचभन्दा बढी गुणस्तरीय शिक्षा र प्राज्ञिक दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको जोड दिएका छन् । “दान, थाप, आशीर्वाद वा पार्टी निर्देशनभन्दा माथि उठेर नेतृत्व चयन हुनु पर्छ भन्ने स्वभाविक टिप्पणी सतहमा आएको छ। यति धेरै विद्यार्थीहरुको भविष्यमाथि जोडिएको विषय भएकाले चर्चा पाउनु आश्वभाविक पनि होइन । तर, अझ गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार र प्राज्ञिक व्यक्तित्व विकास हुने यस सरस्वतीको पवित्र मन्दिरमा जिम्मेवारी ‘प्राज्ञिक व्यक्ति’ले लिनु पर्छ या ‘टिके, ठूलैको आशीर्वाद पाउनेले पाउनु हुन् कि ? कतै हजारौं विद्यार्थीहरु माथि खेलवाड हुन्छ की ?’ भन्ने बहस पनि जल्दो बल्दो रूपमा उठेको छ।

विश्लेषकहरूका अनुसार, भानुभक्त क्याम्पसको ‘अध्यक्ष’ पद केवल राजनीतिक उपस्थिति वा आशीर्वादको प्रतिस्पर्धा मात्र होइन, यहाँका विद्यार्थीको गुणस्तरीय शिक्षा र प्राज्ञिक विकासको भविष्यसँग प्रत्यक्ष सम्बन्धित छ। आगामी अधिवेशनले क्याम्पसको नेतृत्वको दिशा निर्धारण गर्ने मात्र होइन, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुसन्धानमा सक्रियता र प्राज्ञिक संस्कार प्रदान गर्ने नेतृत्व चयन हुने कि नगर्ने विषयमा पनि संकेत दिनेछ।

‘राजनीतिक दाउ–पेच र बाह्य प्रभावभन्दा माथि उठेर, प्राज्ञिक व्यक्तित्व भएको, स्वच्छ छवि तथा पारदर्शिता भएको, आगामी कार्यकालको लागि भिजन सहितको दिष्टकोण प्रस्तुत गर्न सक्ने, क्याम्पसलाई समय दिने नेतृत्व शक्ति भएको व्यक्तिको आवश्यकता रहेको अहिलेको आवश्यकता हो ।’ दमौलीका एक प्राध्यापकले भने । उनले अगाडी भने ‘नत्र पद दिने माखो नमार्ने भए कस्को के नै लाग्छ र ?’ ‘तसर्थ क्याम्पसका सदस्य तथा सरोकारलाहस बेलैमा सचेत हुन जरूरी छ।’ उनले थपे


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button