हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

‘रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिने जीवनशैली आवश्यक’ – मन्त्री पौडेल

प्रहार समाचार । धनगढी, ६ भदौ २०८२ शुक्रवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने जीवनशैली अपनाउन प्रेरित गर्ने स्वास्थ्य प्रणाली विकास गर्नु आजको आवश्यकता भएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँदै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अभियान थालिएको बताए।

उनले प्राचीन आयुर्वेद ज्ञानलाई आधुनिक विज्ञान र अनुसन्धानसँग जोडेर राष्ट्रिय स्वास्थ्य प्रणालीमा सशक्त रूपमा उतार्ने प्रयास भइरहेको उल्लेख गरे। जडीबुटीको अधिकतम उपयोगमार्फत स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गर्दै आयुर्वेदको विकास र आधुनिकीकरणतर्फ सरकार अघि बढिरहेको मन्त्री पौडेलको भनाइ छ।

साथै उनले सरोकारवाला निकाय र आम नागरिक सबैलाई अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट साथ–सहयोग गर्न आह्वान गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button