हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : भेलबाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह

प्रहार समाचार । काठमाडौँ, ६ भदौ २०८२ शुक्रवार । गएराति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भएपछि नदीनाला तथा खोला–खोल्सीमा भेलबाढीको जोखिम बढेको छ। कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुमपूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पालगायत जिल्लामा ठूलो पानी परेसँगै जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकामा समेत राति मध्यम वर्षा भए पनि बिहान पानी रोकिने क्रम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ। साथै तराईका केही स्थानमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ। आज राति गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।

महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै सक्रिय रहेकाले देशका पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने जनाएको छ। लगातारको वर्षाले बाढी, पहिरो र भेलबाढीको जोखिम बढ्ने भएकाले सुरक्षित रहन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button