हेडलाईनसमाचारविजनेसप्रदेश

सुन र चाँदीको मूल्य फेरि बढ्यो : कतिमा हुँदैछ कारोवार ?

प्रहार समाचार । काठमाडौं,५ भदौ २०८२ बिहीवार । नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी पनि प्रतितोला दुई हजार २९० मा कारोबार भइरहेको छ।

यसअघि बुधबार एक तोला सुन एक लाख ९३ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला दुई हजार २५५ मा क्रयबिक्रय भएको थियो। एकैदिनको अन्तरमा सुनमा १ हजार ३०० र चाँदीमा ३५ रुपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्चस्तरमा पुगेको छ। विदेशी सञ्चारमाध्यमका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले नेपाली बजारमा समेत मूल्य बढ्न सहयोग पुर्‍याएको व्यवसायीहरूको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button