प्रहार समाचार । अमेरिका, ५ भदौ २०८२ बिहीवार । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको निर्णयलाई वैधानिकता दिँदै अस्थायी संरक्षित दर्जा (TPS) मा रहेका झन्डै ७ हजार नेपालीलाई सो सुविधा तत्काल अन्त्य गर्न आदेश दिएको छ। यससँगै वर्षौंदेखि अमेरिकी भूमिमा बस्दै आएका नेपालीहरू पुनः अनिश्चित भविष्यमा धकेलिएका छन्। अब अनिहरु नेपाल आउनु पर्ने देखिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकाले प्रभावित नेपालीहरूलाई मानवीय आधारमा TPS प्रदान गरेको थियो। तर, ट्रम्प प्रशासनले यो सुविधा यही अगस्ट ५ पछि अन्त्य गर्ने घोषणा गरिसकेको थियो। अदालतको आदेशसँगै अब उक्त निर्णय कानुनी रूपमा पनि लागू हुने अवस्था बनेको छ।
नेपाली समुदायले अमेरिकामा सुरक्षित बसोबासको आशा बोकेर बसिरहेका बेला आएको यो फैसलाले ठूलो धक्का दिएको छ। अधिकारकर्मीहरूले तत्कालीन भूकम्पपश्चातको पीडा र अझै नेपालमा कायम रहेका सामाजिक–आर्थिक चुनौतीलाई देखाउँदै नेपालीहरूलाई पुनः TPS सुविधा दिन अमेरिकी सरकारलाई आग्रह गर्ने तयारी गरिरहेका छन्।
























