हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

अब स्वास्थ्य बीमाबाटै उपचार : स्वास्थ्य मन्त्री पौडेलको पहलमा स्वास्थ्य क्षेत्रमा एकीकृत प्रणाली लागू

प्रहार समाचार । काठमाडौं, ५ भदौ २०८२ बिहीवार । अब विपन्न नागरिकलाई उपचारका लागि फरक–फरक निकाय धाउनुपर्ने छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एउटै ढाँचामा समेट्दै “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गरेको छ।

यससँगै ८ प्रकारका कडा रोग, मिर्गौला प्रत्यारोपणदेखि मुटु सर्जरीसम्मका खर्चिलो उपचार अब बीमा प्रणालीमार्फत सहजै प्राप्त हुने भएका छन्। बीमा बोर्डमार्फत दाबी–भुक्तानी गर्ने एकीकृत प्रणाली लागू भएसँगै नागरिकले सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य हुनेछ।


मन्त्री पौडेलको कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कदम :

मन्त्रालय सम्हालेयता स्वास्थ्य क्षेत्रमा उल्लेखनीय पहल गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले भने -‘अब उपचारमा दोहोरो दाबीको अन्त्य हुनेछ, राज्यकोषको पारदर्शी उपयोग हुनेछ र नागरिकलाई दीर्घकालीन सामाजिक स्वास्थ्य सुरक्षामा जोडिनेछ।’

स्वास्थ्य मन्त्री पौडेलले सामाजिक स्वास्थ्य सुरक्षालाई एकीकृत प्रणालीमा ल्याउनु आफ्नो प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी हुन पनि आग्रह गरे।


नागरिकका लागि प्रमुख सुविधा :

मिर्गौला रोग : हेमोडाइलाइसिस निःशुल्क

मिर्गौला प्रत्यारोपण : ७ लाख ५० हजार, विपन्नलाई थप १ लाख

जीवन निर्वाह भत्ता : मासिक ५ हजार

८ कडा रोग (मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया) : बीमा र विपन्न सुविधा मिलाएर ३ लाखसम्म उपचार

अब मुटु भल्भ सर्जरी (१५ वर्षमुनि र ७५ वर्षमाथि) : गंगालाल र मनमोहन अस्पतालमार्फत निःशुल्क, बीमाबाट थप २ लाख सुविधा पाइने छ ।


मन्त्री पौडेलले भने-‘स्वास्थ्य बीमा नै आफ्नाे र परिवारकाे स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने आधार हो। अब नागरिकले एउटै ढोकाबाट सहज, पारदर्शी र निःशुल्क स्वास्थ्य सेवा पाउनेछन्।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button