व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यास १४ मा शिवालय मन्दिरको निर्माण : सजावट लगायतका काम अधुरै

प्रहार समाचार । तनहुँ, ४ भदौ २०८२ बुधवार । तनहुँको व्यास–१४ बेलभञ्याङस्थित शिवालय मन्दिर निर्माण कार्य अगाडि बढिरहेको छ। सुरुवाती चरणमा २ लाख र दोस्रो पटक फेरि २ लाख रुपैयाँ वडा कार्यालय बाट प्राप्त गरी कोटभञ्याङ आप टोलको तर्फबाट मन्दिर निर्माण अघि बढाइएको टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र गौतमले जानकारी दिए ।

मन्दिर सङ्गै बस्ने पाटी, शौचालय र तारबारले घेरिने काम बाँकी रहेको छ। यसका लागि थप बजेटको खाँचो रहेको बताइएको छ। स्थानीयको योगदान र सहयोगमा अघि बढेको यो परियोजना पूर्णरूपमा सम्पन्न गर्न आवश्यक स्रोत जुटाउनुपर्ने देखिएको छ।

प्यागोडा शैलीमा बनेको मन्दिरको संरचना तयार भए पनि रंगरोगन, शिवलिङ्ग, घण्टी राख्ने लगायत धार्मिक सामग्री जडान अझै हुन सकेको छैन। धार्मिक आस्था र पर्यटन सम्भावनासँग जोडिएको यो शिवालय मन्दिर पूरा भएपछि बेलभञ्याङ क्षेत्रको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button