प्रहार समाचार । तनहुँ, २ भदौ २०८१ सोमवार । । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुर केवलकारको बटम स्टेशनमा यहि भदौ ६ देखि १० गतेसम्म खुल्ला तीज गीत प्रतियोगिता २०८२ हुने भएको छ । तीज पर्वलाई मौलिक शैलीमा उत्सवमय बनाउन तथा महिलाको प्रतिभा उजागर गर्न उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको मुख्य प्रायोजनमा सम्पन्न हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, द्वितीयले ५५ हजार ५ सय ५५, तृतीयले २५ हजार ५ सय ५५ र सान्त्वना विजेताले ११ हजार १ सय ११ सहित प्रमाणपत्र पाउनेछन् । सहभागी टोलीले १५ मिनेटभित्र मौलिक तीज भाकामा गीत प्रस्तुत गर्नुपर्नेछ । टोली १० देखि १५ सदस्यको हुनु पर्ने, सबै महिला सहभागी रहने, नेपाली मौलिक भेषभूषामा प्रस्तुत हुने र आयोजकले तोकेको समयमै उपस्थित हुनुपर्ने नियम तोकिएको छ । बाद्यवादन आयोजकले नै उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
टिम दर्ता भदौ ४ गतेभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ भने दर्ता शुल्क २ हजार तोकिएको छ । प्रतियोगिताले तीज पर्वको मौलिकता जगेर्नासँगै महिला प्रतिभा अभिव्यक्त हुने अवसर प्रदान गर्ने आयोजक समितिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार बन्दीपुरको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि यस कार्यक्रमले थप योगदान गर्ने अपेक्षा गरिएको छ ।
























