हेडलाईनसमाचारसुदुर पश्चिममनोरञ्जन

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै : उपहार आदान–प्रदानसँगै मौलिक संस्कृतिको सम्मान

प्रहार समाचार । बैतडी , १ भदौ २०८२ आइतवार । बैतडीसहित सुदूरपश्चिम प्रदेशभर आज हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइँदैछ । उपहार वा कोसेली दिने–लिने परम्परा बोकेको यो पर्व जेठाज्येष्ठलाई सम्मान र सानालाई माया गर्ने मौलिक संस्कृतिको परिचायक मानिन्छ ।

बिहानै स्नानध्यान गरी फलफूल, अन्न, दूध, दहीदेखि कृषिसँग सम्बन्धित औजारसम्म आफन्तलाई उपहार दिने प्रचलन यस दिनको विशेषता हो । हातमा मेहेन्दी लगाउने, मीठा–मसिना परिकार खाने र मन्दिरमा अन्न चढाउने परम्परा पनि ओल्केसँगै जोडिएको छ । संस्कृतिविद्हरूका अनुसार वर्षायामपछि नवजीवन प्राप्त भएको प्रतीकस्वरूप यो पर्वलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ ।

संस्कृतिका जानकारहरूले ओल्केलाई केवल उपहार आदान–प्रदानको पर्व नभई परिवार, समाज र संस्कृतिलाई बाँध्ने कडीको रूपमा लिने गरेका छन् । यही अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ, जसले पर्वलाई अझ उत्साहपूर्ण बनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button