हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर वर्षाको सम्भावना, दुई प्रदेशमा भारी वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, १ भदौ २०८२ आइतवार । नेपालमा आज पनि मनसुन सक्रिय रहँदै विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा पनि पानी परेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराई तथा पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र बागमतीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। राति पनि मधेश, गण्डकी र सुदूरपश्चिमको पहाडी तथा तराई भूभागमा मध्यम वर्षा र कोशीमा भारी वर्षा पर्न सक्ने उल्लेख छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा रहेको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले वर्षा हुने क्रम नरोकिने महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button