प्रहार समाचार । काठमाडौँ, ३१ साउन २०८२ शनिवार । मनसुनी प्रणाली फेरि कमजोर बनेसँगै देशभर वर्षा घटेको छ । मनसुनको न्यूनचापीय रेखा सामान्यभन्दा दक्षिणतर्फ सर्दा वर्षाको गतिविधि न्यून भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहने अनुमान छ । अहिले गण्डकी प्रदेशका केहि जिल्लामा हल्का वर्षा भईरहेको छ। लुम्बिनी, सुदूरपश्चिम र अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना भए पनि तराईका अधिकांश भूभाग आंशिक मात्र बदली हुने विभागले जनाएको छ ।
राति कोशी र सुदूरपश्चिम प्रदेशका केही भागमा साधारण बदली रहनेछ । तर व्यापक वर्षा नहुने भएकाले गर्मी र आर्द्रताको असर बढ्न सक्ने मौसमविद्हरूको आकलन छ ।
























