हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा बाढीको ताण्डवः किश्तवाडको चसोटिमा बादल फट्दा कम्तीमा ४६ को मृत्यु

प्रहार समाचार । भारत, ३० साउन २०८२ शुक्रवार । भारतको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको दुर्गम चसोटी गाउँमा बिहीवार अचानक आएको बाढीले ताण्डब मच्याएको छ। बढीले कम्तीमा ४६ जनाको ज्यान लिएको पुष्टि भएको छ । जसमा स्थानीय बासिन्दा मात्र हैन, मचैल माता यात्रामा रहेका तीर्थयात्रीहरू पनि रहेका छन् ।

बलियो वर्षा र पहिरोले एक सामुदायिक लंगर (community kitchen) र सुरक्षा चौकी समेत बगाएर सारेको स्थानीय अधिकारीहरूले जनाएका छन्। बढीले २ सय भन्दा बढी मानिसहरू बेपत्ता पारेको हुन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। एसडीआरएफ, भारतीय सेना, एम्बुलेन्सहरु र स्थानीय स्वयंसेवालाई समायोजन गरी बचाव तथा उद्धार प्रयासहरू तीव्र रूपमा अगाडि बढाइएको छ ।

जम्मू–कश्मीरका प्रमुख मन्त्री उमर अब्दुल्ला र संघीय मन्त्री जितेन्द्र सिंहलगायतले पीडित परिवारप्रति संवेदना व्यक्त गर्दै हरसम्भव सहयोगका लागि आश्वासन दिएका छन्। यात्रीहरूको सुरक्षा र राहतको लागि मचैल माता यात्रा तत्काल स्थगित गरिएको छ भने, सरकारले राहत शिविर, चिकित्सकीय सहायता, र पर्यवेक्षणका लागि नियन्त्रण कक्ष स्थापना गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button