प्रहार समाचार । काठमाडौँ, ३० साउन २०८२ शुक्रवार । गएको रात देशका केही स्थानमा हल्का वर्षा भएको छ भने हाल कोशी, बागमती, गण्डकी र कर्णालीका केही भागमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिमसहित पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने, राति कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मनसुनी वायुको प्रभाव कमजोर हुँदैछ। न्यूनचापीय रेखा तराई आसपास रहे पनि विस्तारै दक्षिणतर्फ सर्ने र प्रभाव घट्ने अनुमान गरिएको छ, तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत् रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जननाएको छ।
विभागले मौसम र बाढीसम्बन्धी भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ। प्रवक्ता विभूति पोखरेलले प्रमाणित र आधिकारिक स्रोतबाट मात्र सूचना लिन सर्वसाधारणलाई अनुरोध गरेकी छन्।
























