हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल मा.वि.का कक्षा १२ का विद्यार्थी सम्मानित

प्रहार समाचार । तनहुँ, २९ साउन २०८२ । तनहुँ, व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पूर्वविद्यार्थी समाजले बधाई तथा सम्मान गरेको छ। समाजको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले विद्यार्थीको परिश्रम र सफलताप्रति प्रशंसा गर्दै आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट तीन विद्यार्थी — सुजन श्रेष्ठ, क्षितिज श्रेष्ठ र सिर्जना बी.के. — सहित अन्य उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानका लागि ‘टोकन अफ दल गेस’ इन्टरनेशनल फाउन्डेसनका प्रोपाइटर तथा समाजका सचिव दिपेन्द्र सापकोटा र विद्यालयका शिक्षकहरूले सहयोग सामाग्री उपलब्ध गराएका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै र प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले विद्यार्थीको मेहनतलाई सराहना गर्दै निरन्तर अध्ययन र अनुशासनको महत्त्वमा जोड दिए। कार्यक्रममा शिक्षक, पूर्वविद्यार्थी तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button