हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर वर्षा, बाढी, पहिरो र डुबानको जोखिम उच्च

प्रहार समाचार । काठमाडौं, २९ साउन २०८१ बिहीवार । सक्रिय मनसुनको प्रभावमा गएराति इलाम र भोजपुरदेखि डोटी र अछामसम्म ठूलो पानी परेको छ भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा जारी छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी–तराई क्षेत्र तथा अन्य पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भागमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा र कतिपय क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button