हेडलाईनसमाचारगण्डकीभिमाद

कांग्रेस सभापति देउवाद्वारा तनहुँका सहिद खनालको शालिक अनावरण

प्रहार समाचार । तनहुँ, २७ साउन २०८१ मङ्गलवार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको भिमाद बजारमा सहिद स्वर्गीय कल्याण खनालको सम्झनामा निर्मित अर्धकदको शालिकको अनावरण गरेका छन्।

सहिद कल्याण खनालको २३औं स्मृति सभाको अवसरमा आज भिमाद नगर पालिका वडा नं- ७ शिवालय टोलमा रहेको ‘सहिद कल्याण स्मृति पर्यटन पार्क’ भित्र निर्मित अर्धकदको शालिकको आज सभापति देउवाले अनावाण गरेका हुन्। ग

२०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहद्वारा हत्या गरिएका काँग्रेसका तत्कालीन नेता खनाललाई पार्टी र समुदायले अझै पनि आदरका साथ सम्झिरहेको तनहुँ काँग्रेसका उप सभापति राजेन्द्र कृष्ण श्रेष्ठले बताए । उनि अनुसार शालिक केवल एउटा संरचना नभई साहस, बलिदान र लोकतान्त्रिक मूल्यप्रति अटूट समर्पण भएको बताउँछन्

कार्यक्रममा देउवासहित कांग्रेसका नेता शशांङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेल, कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराई, नेपाली कांग्रेस तनहुँका सभापति तथा पूर्वमन्त्री जितप्रकाश आले, नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, सहिद कल्याण खनाल पत्नि ईन्दिरा खनाल लगायतले खनालको शालिकमा पुष्पाअर्पण गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button