हेडलाईनसमाचारप्रदेश

देशभर लागूऔषधसहित २० जना पक्राउ : नामावली सहित

प्रहार समाचार । तनहुँ, २७ साउन २०८२ मङ्गलवार । विभिन्न जिल्लामा प्रहरीले २० जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। काठमाडौंमा मात्र दुई छुट्टाछुट्टै स्थानबाट ५२ ग्रामभन्दा बढी खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका बस्ने नुवाकोटका २३ वर्षीय संजिव पाण्डे र नागार्जुन नगरपालिका बस्ने झापाका २८ वर्षीय राजेश राजबंशीलाई नगदसहित नियन्त्रणमा लिइएको हो।

तराईका जिल्लामा समेत ठूलो मात्रामा गाँजा बरामद भएको छ। रौतहटको धनसारबाट ९ किलो ७५० ग्राम गाँजासहित बारा निवासी ३४ वर्षीय दिपक थिङ पक्राउ परे भने सुनसरीको बराहक्षेत्रबाट ५० वर्षीय मुस्ताक मिया र ४८ वर्षीय बलराम यादवको घर तलासी गर्दा ७८ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ। साथै, मोटरसाइकल समेत बरामद गरिएको छ।

यस्तै पश्चिमका कञ्चनपुर र कैलालीमा पनि खैरो हेरोइनसहित पक्राउ गरिएको छ। कञ्चनपुरको बेलौरीमा १० ग्राम ५८० मिलिग्रामसहित दुई जना पक्राउ परे भने कैलालीको बर्दगोरीयाबाट ७ ग्रामसहित दुई जना र जानकी गाउँपालिकाबाट १०० मिलिग्रामसहित एक जना पक्राउ परेका छन्। झापामा मेचीनगरबाट २ ग्राम ५३० मिलिग्रामसहित तीन जना र भद्रपुरबाट २ ग्राम ४५० मिलिग्रामसहित दम्पती पक्राउ परेका छन्।

यसैगरी महोत्तरीको औरहीबाट ८ किलो ८ सय ग्राम गाँजासहित ५५ वर्षीया महिला पक्राउ परिन्। रूपन्देहीको बुटवलबाट २३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना नियन्त्रणमा लिइएका छन्। पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button