हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

प्रहार समाचार । काठमाडौँ, २५ साउन २०८२ आइतवार । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा आज दिनभर देशभर साधारणतया बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेशलगायत अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको जोखिम पनि रहने महाशाखाले जनाएको छ।

यस्तै आज राति पनि अधिकांश भूभागमा बदली रहने अनुमान गरिएको छ। यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका साथै अन्य प्रदेशका पहाडी तथा तराई भागमा मध्यम वर्षा र केही पहाडी क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button